Showing posts with label खोलाले बगाउँदा बालिका वेपत्ता. Show all posts
Showing posts with label खोलाले बगाउँदा बालिका वेपत्ता. Show all posts

खोलाले बगाउँदा बालिका वेपत्ता

 


जाजरकोट, नलगाड नगरपालिका वडा नं.७ दल्ली को नलगाड खोलामा नुहुाउने क्रममा खोलाले बगाउँर्दा एक जना १२ वर्षीय वालीका वेपत्ता र एक जना १० वर्षीय वालिकाको खोलाले बगाईरहेको अवस्थामा नेपाली सेनाले उद्धार गरिएको छ । 

नलगाड नगरपालिका वडा नं. ७ दल्ली बसोवास गर्दै आएका मिमे बादीको छोरी  १२ बर्षीय इन्द्रा बादी बेपत्ता भएकी वालिकाको खोजि भईरहेको त्याहाँका वासिन्दा धन विर वि.क र नेपाली  सेनाले जनाकारी दिएका छन ।  

उद्धार गरिएकी हजारी वि.क. की छोरी जुनि वि.क लाई स्वास्थ्य केन्द्र दल्ली मा उपचार भईरहेको छ । उनको स्वास्थ्य स्थिति राम्रो हुँदै गएको त्यँहाका स्वास्थ्य केन्द्र दल्लीले जानाएको छ ।