वडाअध्यक्ष सहित ६ जना काे मृत्यु
जुनिचाँदी गाउँपालिका वडा न ११ वडा अध्यक्ष सहित ६ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलयका डि एस पी किशाेर श्रेष्ठले जानकारी दिनुभएकाे छ । मृत्यु भएका एक जनाकाे पहिचान नभएकाे र एक जना वेपता एक जनालाइ उपचारकाे लागि सुर्खेत पठाइएकाे श्रेष्ठले जनाकारी दिनुभयाे ।
खोलाले बगाउँदा बालिका वेपत्ता
जाजरकोट, नलगाड नगरपालिका वडा नं.७ दल्ली को नलगाड खोलामा नुहुाउने क्रममा खोलाले बगाउँर्दा एक जना १२ वर्षीय वालीका वेपत्ता र एक जना १० वर्षीय वालिकाको खोलाले बगाईरहेको अवस्थामा नेपाली सेनाले उद्धार गरिएको छ ।
नलगाड नगरपालिका वडा नं. ७ दल्ली बसोवास गर्दै आएका मिमे बादीको छोरी १२ बर्षीय इन्द्रा बादी बेपत्ता भएकी वालिकाको खोजि भईरहेको त्याहाँका वासिन्दा धन विर वि.क र नेपाली सेनाले जनाकारी दिएका छन ।
उद्धार गरिएकी हजारी वि.क. की छोरी जुनि वि.क लाई स्वास्थ्य केन्द्र दल्ली मा उपचार भईरहेको छ । उनको स्वास्थ्य स्थिति राम्रो हुँदै गएको त्यँहाका स्वास्थ्य केन्द्र दल्लीले जानाएको छ ।




