Showing posts with label दुर्गन्धित हुँदै. Show all posts
Showing posts with label दुर्गन्धित हुँदै. Show all posts

नलगाड नगरपालिका ५ कालिमाटी बजार दुर्गन्धित हुँदै




कातिक २७  नलगाड नगरपालिका वडा न ५ स्थित अबस्थित जाजरकाेट पुर्वी भेगकाे मुख्य बजार कालिमाटी जाे एकदमै पुरानाे बजार हाे । कालिमाटी बजार नलगाड नदी र झुमरे खाेलाकाे दाेभानमा रहेकाे छ । अहिले याे बजार पहिलेकाे तुलनामा अलि ठुलाे हुँदै जाँदा फाेहर मैला व्यवस्थापन सम्बन्धि जटिल समस्या बढदै ।




याे समस्या अाउनुकाे कारण सम्बन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्ठा नगरिनु र जनचेतनाकाे कमि अनि सररफाई समितिकाे ध्यान नजानु नै  प्रमुख कारण देखिन्छ । समय अगाडिकाे बजार भन्दा अहिले केहि अव्यवस्थित देखिन्छ। बजार भित्र फाेहरका थुप्राहरु फेरी यत्रतत्र पाइन लागे । भने खाेलाकाे किनारमा पनि त्यस्तै फाेहरका थुप्राहरु देखिन्छन् ।



यस्ताे हुनाले खाेलामा रहेकाे पानि दुषिद हुनुकाे साथै बातावरणमा नराम्राे असर पर्नुका साथै बाहिरबाट अाउने पाहुनाहरु सामु नराम्राे सन्देश जानि देखिएकाे छ। त्यसैले अब सबन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्था गरि जनचेतना मुलक कार्यत्रम ल्याइ जथाभावी फाेहरलाई कानुनि कार्वाहि नगरे सम्म बजार सुन्दर नहुनेकुरा केहि स्थानिय बासिन्दाकाे भनाई छ ।